ne_tn/job/15/19.md

2.5 KiB

जसलाई मात्र यो देश दिइएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद:"जसलाई मात्र परमेश्‍वरले यो देश दिनुभएको थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

जसका बिचमा कुनै विदेशी बसेन

विशेषगरी तिनीहरू मूर्तिपूजा गर्ने धर्मदेखि प्रभवित नहोस् भनेर कुनै विदेशी तिनीहरूका बीचमा बसेनन् भन्‍ने यसको अर्थ हो । अर्को अनुवाद: "अरू देशबाट कोही पनि आएन र परमेश्‍वरको बारेमा तिनीहरूलाई गलत तरिकाले सोच्‍ने तुल्याएन" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

दुःखमा पर्छन्

"धेरै दु:ख भोग्छन्" यो शारीरिक वा भावनात्मक दुःख हो ।

वर्षका सङ्‍ख्‍या तोकिएका छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "सबै वर्ष जुन परमेश्‍वरले तोक्‍नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तोकिएका छन्

यो एउटा वाक् पद्धति हो । अर्को अनुवाद: "तयार गरिएका छन्" वा "अलग गरिएका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उसका कानमा त्रासको सोर सुनिन्छ

"उसले आफूलाई त्रसित पार्ने सोर निरन्तर सुन्छ"

शब्द अनुवाद