ne_tn/job/15/07.md

5.1 KiB

सामान्य जानकारी:

प्रत्येक पद समान्तरता हुन् जसले दुई वटा आलंकारिक प्रश्‍नहरू समावेश छन् (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-rquestion]])

जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र ?

यसको अस्पष्ट उत्तर "होइन" हो । यस आलंकारिक प्रश्‍नलाई सामान्य वाक्याको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "जन्मेकामध्ये पहिलो मानिस तपाईं हुनुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र ?

यसको अस्पष्ट उत्तर "होइन" हो । यस आलंकारिक प्रश्‍नलाई सामान्य वाक्याको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको होइन" वा "परमेश्‍वरले पहाडहरू बनाउन अगि तपाईंलाई बनाउनुभएको होइन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंलाई बनाइएको हो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "परमेश्‍वरले तपाईंलाई बनाउनुभएको हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ ?

यहाँ यसको अस्पष्ट उत्तर "होइन" हो । यस आलंकारिक प्रश्‍नलाई सामान्य वाक्याको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र ?

तिनले बुद्धिलाई आफूमा मात्रै सीमित राख्‍न सक्दैन भनी यो आलंकारिक प्रश्‍नले जोड दिन्छ । यसलाई सामान्य वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित राख्‍न सक्नुहुन्‍न"वा "तपाईं मात्र बुद्धिमान् व्यक्ति हुनुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन ?

यहाँ यसको अस्पष्ट उत्तर "केही पनि छैन" हो । अर्को अनुवाद: "हामीलाई थाहा नभएको र तपाईंलाई थाहा भएको त्यस्तो केही पनि छैन" वा "तपाईंलाई थाहा भएको सबै कुरा हामीलाई पनि थाहा छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंले के बुझ्‍नुहुन्‍छ, जुन हामीमा पनि नभएको होस् ?

यसले मानिसहरूमा समझ हुनु बारे यसरी बोल्छ कि मानौँ त्यो तिनीहरू "भित्र" भएको केही कुरा थियो । अर्को अनुवाद: "तपाईंले बुझ्‍नुहुने सबै कुरा हामीले पनि बुझ्छौँ" वा "हामीले तपाईंले बुझ्‍नुहुने सबै कुरा बुझ्छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद