ne_tn/job/11/07.md

4.6 KiB

परमेश्‍वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्‍न सक्‍नुहुन्छ ? सर्वशक्तिमान्‌लाई तपाईं सिद्ध रूपमा बुझ्‍न सक्‍नुहुन्छ ?

यी दुई समानान्तरले एउटै कुराको प्रश्‍न सोध्छन्। लेखकले जोड दिनको लागि प्रश्‍न प्रयोग गर्छन् । अर्को अनुवाद: " परमेश्‍वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्‍न सक्‍नुहुँदैन, र सर्वशक्तिमान्‌लाई तपाईंले कहिल्यै पनि पूर्ण रूपमा बुझ्‍न सक्‍नु हुनेछैन!" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-rquestion]])

यो विषय

यसले परमेश्‍वरलाई बुझ्‍ने कुरालाई जनाउँछ । अर्को अनुवाद: "परमेश्‍वरलाई बुझ्‍न (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

स्वर्गजत्तिकै अग्लो छ ... पातालभन्दा गहिरो छ

परमेश्‍वरलाई बुझ्‍नलाई असम्भवबारे यसरी बताइएको छ कि मानौँ यी अति धेरै टाढा ठाउँहरू जानलाई असम्भव थियो । अर्को अनुवाद: "स्वर्गको सबैभन्दा अग्लो ठाउँ जत्तिकै पुग्‍न नसक्नेछ ... पातालको सबैभन्दा गहिरो ठाउँ जत्तिकै पुग्‍न नसक्नेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-simile]])

तपाईंले के गर्न सक्‍नुहुन्छ ?

परमेश्‍वरलाई पूर्णरूपमा बुझ्‍न मानिसले केही पनि गर्न सक्दैन भनी सोपरले यो प्रश्‍न सोध्छन्। अर्को अनुवाद: "तपाईंले केही पनि गर्न सक्नुहुन्‍न" वा "तपाईंले उहाँलाई पूर्णरूपमा बुझ्‍न सक्नुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंले के जान्‍न सक्‍नुहुन्छ ?

परमेश्‍वरलाई पूर्णरूपमा जान्‍न मानिसले केही पनि गर्न सक्दैन भनी सोपरले यो प्रश्‍न सोध्छन्। अर्को अनुवाद: "तपाईंले परमेश्‍वरलाई पूर्णरूपमा जान्‍न सक्नुहुन्‍न" वा "जान्‍नु पर्ने सबै कुराहरू तपाईंले जान्‍न सक्नुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

यसको नाप

सम्भावित अर्थहरू जसले यो कुरा जनाउँछ १) परमेश्‍वरको महान्‌ता वा २) परमेश्‍वरको बुद्धिको महान्‌ता

पृथ्वीभन्दा लामो छ ... समुद्रभन्दा चौडा छ

परमेश्‍वरको महान्‌ता वा बुद्धिको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो दुरीको हिसाबमा नाप्‍न सकिन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद