ne_tn/job/11/04.md

3.1 KiB

मेरो विश्‍वास शुद्ध छ

"मेरो समझ ठिक छ"

तपाईंको दृष्‍टिमा म दोषरहित छु

दृष्‍टिले हेराईलाई प्रतिनिधित्व गर्छ जुन अय्यूब बारे परमेश्‍वरको मूल्याङ्कनको लागि रूपक हो । सम्भावित अर्थहरू हुन्: १) परमेश्‍वरले आफूलाई दोषरहितको रूपमा न्याय गर्नुहुन्छ भनी अय्यूबले भन्दै छन्" अर्को अनुवाद: "तपाईंले म दोषरहित छु भन्‍नुहुन्छ" वा २) आफू दोषरहित छु र परमेश्‍वरले आफूलाई दोषरहितको रूपमा न्याय गर्नुहुन्छ भनी अय्यूबले विश्‍वास गर्छन् । अर्को अनुवाद: "म निर्दोष छु भनी तपाईंलाई थाहा हुनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो ... तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो

"आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो" शब्दहरू बोल्नु अर्थ दिने लक्षणा हुन् । यी दुवै वाक्यांशहरूले एउटै अर्थ दिन्छन् र परमेश्‍वरले अय्यूबको विरुद्ध कठोरता साथ बोल्नुभएको सोपरको चाहनालाई जोड दिन एकसाथ लेखिएका छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-parallelism]])

उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो

"बुद्धिका रहस्यहरू" भनेको के हो सो स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तपाईं आफ्नो पापको कारण दु:ख भोगिरहनुभएको छ भनी उहाँले तपाईंलाई देखाउनुहुन्‍थ्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद