ne_tn/job/03/15.md

2.6 KiB

सामान्य जानकारीः

आफू जन्‍मन अगि मर्ने बारे अय्‍यूब आफ्नो विचारलाई निरन्तरता दिन्‍छन् ।

अर्थात् ... म सुतिरहेको हुन्‍थें ... उज्‍यालो नदेख्‍ने

कुनै कुरा भएको भए हुनेथियो तर भएन भन्‍ने कुरा यसले वर्णन गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

राजकुमारहरूसित म सुतिरहेको हुन्‍थें

"म राजकुमारहरूसित विश्राम गर्‍थे ।" यस वाक्‍यांश (ULB)मा, "सुतिरहेको" वा "विश्राम गरिरहेको" शब्द "अब जीवित छैन" भन्‍ने एउटा नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए

आफूले भनिरहेको कुरालाई जोड दिन अय्‍यूब समानान्तरमा बोल्छन् (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें

आफूले भनिरहेको कुरालाई जोड दिन अय्‍यूब समानान्तरमा बोल्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

म तुहेर जन्‍मने थिएँ

"म मेरी आमाको गर्भमा मर्नेथिएँ"

उज्‍यालो नदेख्‍ने शिशुहरूझैं

"कहिल्यै नजन्‍मेको शिशुहरूझैं"

शिशुहरू

"बच्चाहरू" वा "निकै साना बालबालिकाहरू"

शब्द अनुवाद