ne_tn/job/03/11.md

3.4 KiB

सामान्य जानकारीः

यस वाक्‍यांशमा चार आलंकारिक प्रश्‍न छन्, जुन एकपछि अर्को सामान्य वाक्‍य बनाउन अय्‍यूब क्रमै सोध्‍छन् ।

मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ ?

"म जन्‍मदाँ नै किन मरिनँ?" ऊ जन्‍मेको दिनलाई श्राप दिन र उसको वेदना व्‍यक्‍त गर्न अय्‍यूब यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "म जन्‍मेको दिनमा नै म मरेको भए हुनेथियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मेरी आमाले मलाई जन्माउँदा मैले आफ्‍नो आत्मा किन त्यागिनँ ?

आफू जीवितै नजन्‍मेको भए हुनेथियो भनी अय्‍यूब भन्‍न खोज्‍दै छन् । अर्को अनुवाद: "म गर्भबाट बाहिर निस्‍किदा म मरेको भए हुनेथियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

आफ्‍नो आत्मा ... त्यागिनँ

यसले मर्नुलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उनका घुँडाहरूले मलाई किन स्वागत गरे ?

यसले सायद अय्‍यूबको आमाको काखलाई जनाउँछ । उनका आमाको घुँडाहरूको बारे यसरी बताइएको छ कि मानौँ ती मानिसहरू थिए जसले भर्खरै जन्‍मेको शिशुलाई स्‍वागत गर्न सक्‍थ्‍यो । अर्को अनुवाद: "मलाई ग्रहण गर्न कुनै काख नभएको म चाहन्‍छु ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-personification]])

उनका घुँडाहरूले मलाई किन स्वागत गरे ?

यसले सायद अय्‍यूबको आमाको काखलाई जनाउँछ । उनका आमाको घुँडाहरूको बारे यसरी बताइएको छ कि मानौँ ती मानिसहरू थिए जसले भर्खरै जन्‍मेको शिशुलाई स्‍वागत गर्न सक्‍थ्‍यो । अर्को अनुवाद: "मलाई ग्रहण गर्न कुनै काख नभएको म चाहन्‍छु ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र[[rc:///ta/man/translate/figs-personification]])

शब्द अनुवाद