ne_tn/job/03/04.md

4.3 KiB

सामान्य जानकारीः

यी पदहरूमा भएका अभिव्‍यक्‍तिहरूले अय्‍यूबको जन्‍म भएको दिन अब अस्तित्वमा नरहेको चाहन्‍छ । बिगतमा भएपनि त्‍यो दिन अझसम्‍म केही हदसम्‍म रहिरहेको छ भन्‍ने यसले अर्थ दिन्छ । EN-UDB ले झैं, : "म जन्‍मेको दिन अन्‍धकार भएको भए हुनेथियो भन्‍ने म चाहन्‍छु" भनी अनुवादकहरूले अनुवाद गर्ने निधो गर्नुपर्छ ।

त्यो दिन अन्धकार होस् ... न त यसमा घाम लागोस्

अय्‍यूब जन्‍मेको दिनको अन्‍धकारलाई यी दुई उपवाक्‍यले वर्णन गर्छ, त्‍यसैले आफू जन्‍मेकोमा अय्‍यूबले गरेको पछुतोलाई यसले दोहोर्‍याउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

त्यो दिन अन्धकार होस्

यो अब उप्रान्‍त त्‍यो दिन अस्तित्वमा नरहोस् भनी चाहना हो । अर्को अनुवाद: "त्यो दिनको नामोनिसान मेटियोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून्

यहाँ अन्धकार र मृत्युको छायाको बारे यसरी बताइएको छ कि मानौँ ती मानिसहरू थिए जसले कुनै थोक आफ्नै सम्‍पत्ति भनी दाबी गर्न सक्‍थे । "यस" शब्दले अय्‍यूब जन्‍मेको दिनलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

मृत्युको छाया

यहाँ छायाले मृत्युलाई संकेत गर्छ । अर्को अनुवाद: "छायाझैं मृत्यु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यसमाथि बादल लागोस्

यहाँ बादलको बारे यसरी बताइएको छ कि मानौँ यो एउटा व्‍यक्‍ति थियो जो अय्‍यूब जन्‍मेको दिनमा लाग्‍न सक्‍थ्‍यो । अर्को अनुवाद: "कसैले पनि नदेखोस् भनी बादलले यसलाई ढाकोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दिनलाई अँध्यारो बनाउने हरेक कुरा

यसले घामको प्रकाश रोकेर अन्‍धकार बनाउने कुरालाई जनाउँछ । यहाँ "अँध्यारो"ले अन्‍धकारलाई संकेत गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यसलाई ... त्रसित पारोस्

"त्‍यस दिनलाई ... त्रसित पारोस् ।" यस दिनको बारे यसरी बताइएको छ कि मानौँ यो एउटा व्‍यक्‍ति थियो जो अन्‍धकारदेखि त्रसित हुन सक्‍थ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद