ne_tn/job/01/09.md

6.4 KiB

के अय्यूबले विनाकारण परमेश्‍वरको भय मान्छन् र ?

"के अय्यूबले विनाकारण परमेश्‍वरलाई आदर गर्छन् र?" शैतानले परमेश्‍वरलाई आफ्नो प्रश्‍न प्रस्तुत गरेर र जवाफ दिएर प्रतिक्रिया दिन्छन् । त्यसले भन्छ कि अय्यूबले परमेश्‍वरको मात्र आज्ञा पालन गर्छ किनभने परमेश्‍वरले तिनलाई आशिष् दिनुहुन्छ । अर्को अनुवाद: "अय्यूबसँग परमेश्‍वरको आज्ञा पालन गर्ने कारण छ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के तिनी, तिनको घर र तिनीसित भएका सबै थोकको चारैतिर हरेक कुनाबाट बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन र ?

शैतानले आफ्नो बहस समर्थन गर्न तथ्यहरू बताउँछ । अर्को अनुवाद: "तपाईंले तिनलाई, तिनको परिवारलाई र तिनका सबैथोकलाई सुरक्षा दिनुभएको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनी, तिनको घर ... बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन र ?

बार जस्तै कि पर्खालले घेरेर र व्यक्तिको भूमिलाई सुरक्षा दिएजस्तै, परमेश्‍वरले अय्यूबलाई आफ्नो सुरक्षाले घेर्‍नुभएको छ । अर्को अनुवाद: "तिनी, तिनको घर ... सुरक्षा दिनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनका हातका कामहरू

"तिनले गर्ने सबैकुरा"

तिनका गाईवस्तुहरू देशभरि भएका छन्

"तिनीसँग धेरै भन्दा धेरै गाईवस्तुहरू देशमा छन्"

तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन्

परमेश्‍वरले अय्यूबलाई आक्रमण गर्नुभयो भने, उहाँले देख्नुहुनेछ कि अय्यूबले कसरी प्रतिक्रिया दिनेछन् भन्‍ने शैतानले भन्‍न खोजेको कुरा हो । अर्को अनुवाद: "तर अब तपाईंले आफ्नो हात पसार्नुभयो भने र तिनीसित भएका सबै थोकलाई छुनुभयो भने, तपाईंले देख्‍नुहुनेछ कि तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍नेछ"

तर अब आफ्नो हात पसार्नुहोस्

यहाँ "हात" ले कार्य गर्ने परमेश्‍वरको शक्तिलाई जनाउँछ । "तर अब तपाईंको शक्ति प्रयोग गर्नुहोस्। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीसित भएका सबै थोक तेरै हातमा छ

यहाँ "हात" ले केही कुरा नियन्त्रण गर्ने कसैको शक्तिलाई जनाउँछ । अर्को अनुवाद: "तिनीसित भएका सबै थोकमाथि तेरो शक्ति छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको मुखैमा

यसले परमेश्‍वरले ध्यान दिनुहुँदाको समयलाई जनाउँछ । अर्को अनुवाद: "तपाईंको सुनाइमा"

हेर्नुहोस्

मैले भन्‍न लागेको सबै कुरामा ध्यान दिनुहोस्"

तिनीसित भएका सबै थोक तेरै हातमा छ

यहाँ "हात" ले केही कुरा नियन्त्रण गर्ने कसैको शक्तिलाई जनाउँछ । अर्को अनुवाद: "तिनीसित भएका सबै थोकमाथि तेरो शक्ति छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्‍यसलाई मात्र

"त्यसको शरीरलाई मात्र" अर्को अनुवाद: "त्यसलाई शारीरक रूपमा हानि गर्न" वा "त्यसको शरीरलाई हानि गर्न"

परमप्रभुको उपस्थितिबाट शैतान तुरुन्‍तै गयो

"परमप्रभुबाट छुट्यो" वा "परमप्रभुलाई छोडेर गयो"

शब्द अनुवाद