ne_tn/jhn/18/intro.md

4.6 KiB

यूहन्‍ना १८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पद १४ ले भन्छ, “अब ती व्यक्ति कैयाफा नै थिए जसले मानिसहरूको लागि एक जना मानिस मर्नु नै असल छ भनी यहूदीहरूलाई सुझाव दिएका थिए” तिनीहरूले येशूलाई किन कैयाफाकहाँ लगेका थिए भनेर पाठकलाई बुझ्‍नलाई सहायता गर्नको लागि लेखकले यो कुरा भन्छन् । तपाईंले यी शब्दहरू कोष्‍ठकहरूभित्र राख्‍न विचार गर्न सक्‍नुहुन्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“कुनै पनि मानिसलाई मृत्युदण्‍ड दिन हामीलाई कानूनले दिँदैन”

रोमी सरकारले यहूदीहरूलाई अपराधीहरूलाई मार्ने अनुमति दिएको थिएन, त्यसैले यहूदीहरूले उहाँलाई मार्न, बडाहाकिम पिलातसलाई बिन्ती गर्न आवश्‍यक थियो (यूहन्‍ना १८:३१) ।

येशूको राज्य

येशूले उहाँको राज्य “यस संसारको” थिएन भन्‍नुहुँदा के भन्‍न खोज्‍नुभयो भनेर कसैलाई पनि पक्‍का गरी थाहा छैन (यूहन्‍ना १८:३६) । केही मानिसहरूले सोच्‍छन् कि येशूले भन्‍न खोज्‍नुभएको कुरा चाहिँ उहाँको राज्य आत्‍मिक मात्रै हो र यस पृथ्‍वीमा उहाँको कुनै दृश्‍य राज्य छैन । अरू मानिसहरूले सोच्‍छन् कि येशूले भन्‍न खोज्‍नुभएको कुरा उहाँले उहाँको राज्‍यलाई बलजफ्‍तीपूर्वक स्थापना गर्ने र शासन गर्ने गर्नुहुने छैन, जसरी अन्य राजाहरूले तिनीहरूको राज्यहरू बनाउँछन् । “यस संसारको होइन” भन्‍ने कुरालाई “यस ठाउँबाट होइन” वा “अरू नै ठाउँबाट आउँछ” भनेर अनुवाद गर्न सम्भव छ ।

यहूदीहरूको राजा

जब पिलातसले येशूलाई उहाँ यहूदीहरूको राजा हुनुहुन्थ्यो कि भनेर सोधे (यूहन्‍ना १८:३३), येशूले उहाँ राजा हेरोद झैँ हुनुहुन्थ्यो भनेर दाबी गरिरहनुभएको थियो कि भनेर उनले सोधिरहेका थिए, जसलाई रोमीहरूले यहूदियामाथि शासन गर्न स्वीकृति दिइरहेका थिए । जब उनले यहूदीहरूका राजालाई उनले छोडिदिनुपर्छ कि भनेर भीडलाई सोधे, (यूहन्‍ना १८:३९), उनले यहूदीहरूलाई खिसी गरिरहेका थिए, किनभने रोमीहरू र यहूदीहरू एक अर्कालाई घृणा गर्दथे । उनले येशूको पनि गिल्‍ला गरिरहेका थिए, किनभने उनले येशू एक राजा हुनुहुन्थ्यो भनेर कतैबाट पनि सोचेनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)