ne_tn/jhn/16/intro.md

3.2 KiB

यूहन्‍ना १६ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

पवित्र आत्मा

येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो कि उहाँले तिनीहरूलाई पवित्र आत्मा पठाइदिनुहुने थियो । पवित्र आत्मा सान्तवनादाता हुनुहुन्छ (यूहन्‍ना १४:१६) जो सँधै परमेश्‍वरका मानिसहरूलाई सहायता गर्न तिनीहरूको लागि परमेश्‍वरसँग कुरा गर्न तिनीहरूको साथमा हुनुहुन्छ, उहाँ सत्यका आत्मा पनि हुनुहुन्छ (यूहन्‍ना १४:१७) जसले परमेश्‍वरका मानिसहरूलाई परमेश्‍वरको बारेमा सत्य के हो भनी बताउनुहुन्छ ताकि तिनीहरूले उहाँलाई अझ राम्ररी चिनून र सेवा गरून् ।

“त्यो घडी आउँदैछ”

येशूले यी शब्दहरू साठी मिनेटभन्दा कम वा बढी हुने समयको बारेमा अगमवाणीहरू सुरु गर्न प्रयोग गर्नुभयो । “त्यो घडी” जसमा मानिसहरूले उहाँका अनुयायीहरूलाई सताउनेछन् (यूहन्‍ना १६:२) ती दिनौँ लामो, हप्‍तौँ लामो, र वर्षौँ लामो अवधिका थिए, तर “त्यो घडी” जब चेलाहरू छरपष्‍ट हुनेथिए र उहाँलाई एक्लै छाड्ने थिए (यूहन्‍ना १६:३२) सो साठी मिनेटभन्दा कम अवधिको थियो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

उपमा

येशूले भन्‍नुभयो कि जसरी कुनै स्‍त्री तिनले बालक जन्माउने बेलामा पिडामा हुन्छिन्, उहाँका अनुयायीहरू पनि उहाँ मर्नुहुँदा उदास हुने थिए । तर त्यो स्‍त्री बालक जन्मिसकेपछि रमाउँछिन्, र उहाँका अनुयायीहरू पनि उँहा फेरि जीवित हुनुहुँदा खुशी हुने थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)