ne_tn/jhn/16/23.md

2.3 KiB

म तिमीहरूलाई साँचो साँचो भन्दछु

यसलाई त्यस किसिमले अनुवाद गर्नुहोस् जसरी तपाईंको भाषाले यसपछि आउने कुराहरू महत्त्वपूर्ण र सत्य हुन् भनी जोड दिन्छ । तपाईंले यसलाई यूहन्‍ना १:५१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

यदि तिमीहरूले मेरो नाउँमा मेरो पितासँग कुनै थोक माग्छौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ

यहाँ “नाउँ” शब्द येशूको व्यक्ति र अधिकार जनाउने प्रतिस्थापन शब्द हो । वैल्पिक अनुवादः “तिमीहरू मेरा भएका हुनाले तिमीहरूले पितासँग कुनै थोक माग्यो भने उहाँले तिमीहरूलाई दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पिता

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

मेरो नाउँमा

यहाँ “नाउँ” शब्द येशूको व्यक्ति र अधिकार जनाउने प्रतिस्थापन शब्द हो । विश्‍वासीहरूको येशूसँगको सम्बन्धले गर्दा पिताले तिनीहरूका बिन्तीको कदर गर्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने तिमीहरू मेरा अनुयायीहरू हौ” वा “मेरो अधिकारमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)