ne_tn/jhn/13/intro.md

3.6 KiB

यूहन्‍ना १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायमा भएका घटनाहरूलाई सामान्यतया अन्तिम भोज वा प्रभुको भोज भनेर जनाइन्छ । यो निस्तार चाडले धेरै किसिमले परमेश्‍वरको थुमाको रूपमा येशूको बलिदानसँग समानान्तर तुलना गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

खुट्टा धुने

प्राचीन समयको मध्यपूर्व क्षेत्रमा भएका मानिसहरूले खुट्टा धेरै फोहोरी हुन्छन् भनी सोच्थे । केवल नोकरहरूले मात्र मानिसहरूका खुट्टाहरू धुने काम गर्थे । चेलाहरूले येशूले तिनीहरूका खुट्टाहरू धुनुभएको चाहेनन् किनभने तिनीहरूले उहाँलाई तिनीहरूका मालिक सम्झन्थे र आफूहरूलाई उहाँको सेवकहरू सम्झन्थे, तर उहाँले तिनीहरूलाई देखाउन चाहनुहुन्थ्यो कि तिनीहरूले एक अर्काको सेवा गर्न आवश्‍यक थियो ।

म हुँ

यूहन्‍नाले यी शब्दहरू येशूले यस पुस्तकमा चार पटक, यस अध्यायमा तीन पटक भन्‍नुभएको कुराको अभिलेख राखेका छन् । तिनीहरू एउटा पूर्ण वाक्यको रूपमा रहन्छन्, र “म हुँ”को लागि हिब्रू शब्दको अक्षरश अनुवाद गर्छन्, जसद्वारा यहवेले आफैँलाई मोशाकहाँ परिचित गराउनुभयो । यी कारणहरूको लागि, धैरै मानिसहरूले विश्‍वास गर्छन् कि जब येशूले यी शब्दहरू भन्‍नुभयो उहाँले आफू यहवे हुनुभएको दाबी गरिरहनुभएको थियो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

येशूले आफैँलाई यस अध्यायमा “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (यूहन्‍ना १३:३१) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूका आफ्‍नै बारेमा कुरा गर्न कोही अरूको बारेमा कुरा गरेको जसरी बताउन नदिन सक्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sonofman]] अनि [[rc:///ta/man/translate/figs-123person]])