ne_tn/jhn/11/56.md

2.1 KiB

सामान्य जानकारीः

पद ५७ को विषयवस्तु ५६ भन्दाअगि नै सुरु हुन्छ । यदि तपार्इंको भाषामा यो संरचनाले तपार्इंका पाठकहरूलाई अलमल्याउँछ भने तपाइले ती पदहरूलाई जोड्न सक्नुहुन्छ र पद ५७ को पाठ्यांशलाई ५६ अगि नै राख्‍न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

तिनीहरूले येशूलाई खोजिरहेका थिए

“तिनीहरू”ले यरूशलेम गएका यहूदी मानिसहरूलाई जनाउँछ ।

तिमीहरूलाई कस्तो लाग्छ ? उनी चाडमा आउने छैनन् र ?

यी येशू निस्तार-चाडमा आउनुहुनेछ भन्‍नेमा मजबुत शङ्का व्यक्त गर्ने आलङ्कारिक प्रश्‍नहरू हुन् । दोस्रो प्रश्‍न उत्सर्ग हो जसले “तिमीहरू सोच्छौ” भन्‍ने शब्दहरूलाई छोड्छ । येशू चाडमा आउनु होला त भनी बोल्ने यी मानिसहरू रणभुल्‍लमा परेका थिए, किनभने त्यहाँ उहाँलाई गिरफ्तार गर्ने खतरा थियो । वैकल्पिक अनुवादः “सम्भवतः येशू चाडमा आउनुहुन्‍न होला । उहाँको गिरफ्तारीदेखि उहाँ डराउनुभएको होला” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])