ne_tn/jhn/08/intro.md

5.2 KiB

यूहन्‍ना ०८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

८:१-११ सम्‍मको पदहरूलाई अनुवाद गर्न अनुवादकहरूले किन चुने वा चुनेनन् भनेर पाठकलाई व्याख्या गर्नको लागि तिनीहरूले पद १ मा एउटा टिप्‍पणी राख्‍नलाई विचार गर्न सक्‍छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

एउटा ज्योति र अन्धकार

बाइबलले धेरैपटक अधर्मी मानिसहरू, ती मानिसहरू जसले परमेश्‍वरलाई खुशी बनाउने कुराहरू गर्दैनन्, तिनीहरूलाई अन्धकारमा रुमल्‍लिरहेको भए जसरी कुरा गर्छ । यसले ज्योतिको बारेमा त्यसरी कुरा गर्छ मानौँ यो नै त्यो चीज हो जसले ती मानिसहरूलाई धर्मी बन्‍न, तिनीहरूले के गल्ती गरिरहेका छन् भनेर बुझ्‍न र परमेश्‍वरको आज्ञापालन गर्न थाल्‍नको लागि सामर्थी बनाउँछ । यहाँ यो सारा अन्यजातिहरू हुन् ।

म हुँ

यूहन्‍नाले यी शब्दहरू येशूले यस पुस्तकमा चार पटक, यस अध्यायमा तीन पटक भन्‍नुभएको कुराको अभिलेख राखेका छन् । तिनीहरू एउटा पूर्ण वाक्यको रूपमा रहन्छन्, र “म हुँ”को लागि हिब्रू शब्दको अक्षरश अनुवाद गर्छन्, जसद्वारा यहवेले आफैँलाई मोशाकहाँ परिचित गराउनुभयो । यी कारणहरूको लागि, धैरै मानिसहरूले विश्‍वास गर्छन् कि जब येशूले यी शब्दहरू भन्‍नुभयो उहाँले आफू यहवे हुनुभएको दाबी गरिरहनुभएको थियो ।

शास्‍त्रीहरू र फरिसीहरूको पासो

शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई छक्क्याउन चाहे । तिनीहरूले व्यभिचार गरिराख्‍दा पक्राउ गरेका स्‍त्रीलाई मारेर मोशाको व्यवस्थाको पालना गर्नुपर्छ भनेर उहाँले भन्‍नुभएको तिनीहरू चाहन्थे वा उहाँले तिनीहरूले मोशाको व्यवस्थाको अवज्ञा गर्नुपर्छ र तिनको पाप क्षमा गर्नुपर्छ भन्‍नुभएको तिनीहरू चाहन्थे । येशू जान्‍नुहुन्थ्यो कि तिनीहरूले उहाँलाई छक्‍क्याउन खोजिरहेका थिए र तिनीहरू वास्तवमै मोशाको व्यवस्थाको पालना गर्न चाहँदैनथे । उहाँ जान्‍नुहुन्थ्यो कि व्यवस्थाले स्‍त्री र पुरुष दुवै नै मर्नुपर्छ भनी भनेको थियो, तर तिनीहरूले त्यस पुरुषलाई येशूकहाँ ल्याएनन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/adultery)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (यूहन्‍ना ८:२८) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूका आफ्‍नै बारेमा कुरा गर्न कोही अरूको बारेमा कुरा गरेको जसरी बताउन नदिन सक्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sonofman]] अनि [[rc:///ta/man/translate/figs-123person]])