ne_tn/jhn/02/intro.md

2.9 KiB

यूहन्‍ना ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

दाखरस

येशूले धेरैपटक खाना खानुहुँदा र विशेषगरी उहाँहरूले खास उपलक्ष्यहरू मनाइरहनुभएको बेलामा दाखरस पिउनुभयो । दाखरस पिउनु भनेको पाप थियो भनेर तिनीहरूले विश्‍वास गरेनन् ।

पैसा साट्नेहरूलाई धपाएको

येशूसँग मन्दिरमाथि र सारा इस्राएलमाथि अधिकार थियो भनेर देखाउनको लागि उहाँले पैसा साट्नेहरूलाई मन्दिरबाट बाहिर खेद्‌नुभयो ।

“मानिसभित्र के थियो भनेर उहाँले जान्‍नुहुन्थ्यो”

येशू मानिसको पुत्र र परमेश्‍वरको पुत्र हुनुहुन्थ्यो र हुनुहुन्छ, जसको कारणले गर्दा मात्रै उहाँले मानिसहरूले के सोचिरहेका थिए भनेर जान्‍नुभयो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“उहाँका चेलाहरूले सम्झे”

यूहन्‍नाले मुख्य इतिहास भन्‍न रोकेर धेरै पछि भएको केही कुरा बताउनको लागि यो पदावलीको प्रयोग गर्नुभयो । यो कुरा उहाँले परेवा बेच्‍नेहरूलाई हप्‍काउनुभएको ठीक पछाडि(यूहन्‍ना २:१६) थियो जब यहूदी अधिकारीहरू उहाँसँग बोले । यो कुरा येशू फेरि बिउँतनुभएपछि थियो कि उहाँका चेलाहरूले अगमवक्ताहरूले धेरै अगाडि के लेखेका थिए र येशूले उहाँको शरीरको बारेमा कुरा गरिरहनुभएको थियो भनेर सम्झे (यूहन्‍ना २:१७ अनि यूहन्‍ना २:२२) ।