ne_tn/jhn/01/15.md

1.5 KiB

उहाँ जो मपछि आउनुहुन्छ

यूहन्‍नाले येशूको बारेमा बताउँदैछन् । “मपछि आउनुहुन्छ” भन्‍ने वाक्यांशको तात्पर्य हो कि यूहन्‍नाको सेवकाइ अगि नै सुरु भइसकेको छ र येशूको सेवकाइ यूहन्‍नाको पछाडि, पछि सुरु हुनेछ ।

मभन्दा महान् हुनुहुन्छ

“मभन्दा अझ महान् हुनुहुन्छ” वा “मसँग भएकोभन्दा बढी अधिकार छ”

किनकि उहाँ मभन्दा अघिदेखि हुनुहुन्थ्यो

येशू मानवका वर्षहरूले ठूलो हुनुभएकोले मात्र यूहन्‍नाभन्दा महत्त्वपूर्ण हुनुभएको हो भन्‍ने भाव दिने तरिकाले अनुवाद नहोस् भन्‍नेमा होसियार हुनुहोस् । येशू सदा जीवित हुनुभएका पुत्र परमेश्‍वर हुनुभएकोले यूहन्‍नाभन्दा बढी महान् र महत्त्वपूर्ण हुनुहुन्छ ।