ne_tn/jhn/01/14.md

2.3 KiB

वचन

यसले येशूलाई जनाउँछ । यदि सम्भव हुन्छ भने “वचन” भनेर अनुवाद गर्नुहोस् । यदि तपाईंको भाषामा “वचन” स्‍त्रीवाचक हो भने, “जसलाई वचन भनिन्छ” भनेर अनुवाद गर्न सकिन्छ । तपाईंले यसलाई यूहन्‍ना १:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

देहधारी हुनुभयो

यहाँ “देह”ले “व्यक्ति” वा “मानव”लाई प्रतिनिधित्व गर्छ । “मानिस हुनुभयो” वा “मानव हुनुभयो” वैकल्‍पिक अनुवादः “मानव हुनुभयो” वा “मानव प्राणी हुनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

पिताबाट आउनुभएको एक मात्र

“एक मात्र” भन्‍ने पदावलीको अर्थ उहाँ अद्वितीय हुनुहुन्छ र उहाँ जस्तो अरू कोही छैन भन्‍ने हुन्छ । “जो पिताबाट आउनुभयो” भन्‍ने पदावलीको अर्थ उहाँ पिताको सन्तान हुनुहुन्छ भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “पिताको अद्वितीय छोरा” वा “पिताको एक मात्र छोरा”

पिता

यो परमेश्‍वको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

अनुग्रहले पूर्ण

“हामीप्रति दयाको कार्यहरूले भरीपूर्ण जसको लागि हामी योग्य छैनौँ”