ne_tn/jer/48/45.md

1.8 KiB

भागेर जानेहरू

यसले ती मानिसहरूलाई जनाउँछ जो मोआबको सर्वनाशको समयमा भागेर जान सफल भएका थिए ।

हेश्बोनको छाया

हेश्बोनको सहरभित्र भएको एउटा सुरक्षित ठाउँ । (See: rc://*/ta/man/translate/figs-synecdoche)

हेश्बोनबाट आगो निस्कनेछ, सीहोनको बिचबाट ज्वाला आउनेछ

यी दुई वाक्यांशहरूको उस्ता-उस्तै अर्थहरू छन् र मोआबको सर्वनाश हेश्बोनबाट सुरु हुनेछ र फैलिने छ भन्‍ने कुरामा जोड दिन्छ । हेश्बोन अमोरीहरूका राजा सीहोनको राजधानी थियो । (See: rc://*/ta/man/translate/figs-parallelism)

मोआबको निधारलाई ... घमण्डी मानिसहरूका शिरको थाप्लोलाई

यी वाक्यांशहरूले हेश्बोनका मानिसहरू र त्यसका प्रमुख शासकहरूलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-synecdoche)

निधार

आँखाको माथि तर कपालको तलको अनुहारको भाग । घमण्डको एउटा चिन्ह । (See: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद