ne_tn/jer/47/05.md

2.5 KiB

तालु खुइलिनेछ

पुरा टाउको वा टाउकोको केहि भाग खौरिनु भनेको पलिश्ती जस्ता जातिहरूमा भएका मूर्ति पुजकहरूले गर्ने एउटा ठूलो शोकको चिन्ह हो ।

मानिसहरू मौन रहनेछन्

अर्को अनुवादः "मानिसहरू मर्नेछन् ।" (See: rc://*/ta/man/translate/figs-euphemism)

शोक गरेर कहिलेसम्म तिमीहरूले आ-आफ्नो शरीरलाई काट्नेछौ

छाला काट्नु भनेको मूर्ति पुजकहरूले मृतको निम्ति शोक गर्दा तिनीहरूले गर्ने अर्को चलन थियो ।

परमप्रभुको तरवार

यसले उत्तरबाटको सेनालाई जनाउँछ जसलाई परमप्रभुले पलिश्तीहरूलाई दण्ड दिन चलाउँदै हुनुहुन्छ । (See: rc://*/ta/man/translate/figs-metonymy)

तँ मौन हुनलाई कति लामो समय लाग्‍नेछ ?

पलिश्तीहरूले तिनीहरूका शत्रुहरूद्वारा भएको सर्वनाश सम्बन्धिको तिनीहरूको गम्भीर निराशालाई व्यक्त गर्न यो प्रश्‍न गर्छन् । (See: rc://*/ta/man/translate/figs-rquestion)

म्यान

तरवारको धारलाई जोगाउन प्रयोग गरिने बाक्लो खोल ।

परमप्रभुले नै यसलाई आज्ञा दिनुभएको छ भने, यसले कसरी विश्राम गर्न सक्छ र

"यस" शब्दले "परमप्रभुको तरवारलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद