ne_tn/jer/31/10.md

2.4 KiB

इस्राएललाई तितर-बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ

अर्को अनुवाद: "मैले मेरो मानिसहरूलाई जाति-जातिहरूको माझ तितर-बितर पारे, तर अब तिनीहरूलाई घर ल्‍याउदैँ छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

गोठालोले आफ्ना भेडाहरूलाई रक्षा गरेझैं

यसको अर्थ गोठालोले आफ्ना भेडाहरूलाई गरेझैं परमेश्वरले आफ्ना मानिसहरूको वास्ता गर्नुहुन्छ र रक्षा गर्नुहुन्छ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

किनकि परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुभएको छ, र उसको भन्दा शक्तिशाली हातबाट त्यसलाई छुटकारा दिनुभएको छ

मुलतः यी दुई वाक्‍यांशको एउटै अर्थ हो र इस्राएलका मानिसहरूलाई बचाउनुहुने परमप्रभु नै हुनुहुन्छ भन्‍ने कुरालाई जोड दिन्छ । अर्को अनुवाद: "किनकि इस्राएलका मानिसहरू भन्‍दा निकै बलिया तिनीहरूका शत्रुहरूबाट परमप्रभुले तिनीहरूलाई बचाउनुभएको छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद