ne_tn/jer/24/08.md

2.5 KiB

खानै नसकिने यी खराब अञ्जीरहरूझैं

यस अभिव्‍यक्‍तिले खराब अञ्जीरहरूलाई खराब मानिसहरूसँग तुलना गर्छ । खराब अञ्जीरहरू ती अञ्जीरहरू हुन् जुन खान मिल्दैन र काम नलाग्‍ने हुन्‍छन्, त्‍यसरी नै नराम्रा मानिसहरू परमप्रभुलाई पछ्याउँदैनन् र काम नलाग्‍ने हुन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

म तिनीहरूलाई तर्साउने कुरा, विपत्ति ... परिणत गरिदिनेछु

यरूशलेमका मानिसहरूमाथि आउन लागेको न्‍यायलाई अन्‍य मानिसहरूले देख्‍दा तिनीहरूलाई तर्साउने कुनै कुरासँग परमप्रभु तुलना गर्नुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र विपत्ति पठाउनेछु

अर्को अनुवाद: "म तिनीहरूलाई युद्ध, अनिकाल र रोगबिमारले मार्नेछु ।"

म ... तरवार ... पठाउनेछु

अर्को अनुवाद: "म ... शत्रु सेना ... पठाउनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद