ne_tn/jer/23/09.md

4.2 KiB

सामान्य जानकारी:

लेखकले परमप्रभुको बारे बताउन छाडेर यर्मियाको बारे बताउँछन् ।

अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको छ, र मेरा सबै हड्‍डी काम्दछन्

झुटा अगमवक्ताहरूको झुठले गर्दा ल्‍याउने न्‍यायको डरको कारण अगमवक्ताहरूको हृदय टुटेको छ र हड्‍डी कामेको छ । अर्को अनुवाद: "झुटा अगमवक्ताहरूको कारण के हुनेछ भन्‍ने कुराको ममा ठुलो डर छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो हृदय टुटेको छ

अगमवक्ताको भावनाहरूको बारे यसरी बताइएको छ कि मानौँ ती तिनको हृदय थियो । अर्को अनुवाद: "म निकै दुःखी छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरा सबै हड्‍डी काम्दछन्

यहाँ डरको भावनालाई यसरी बताइएको छ कि मानौँ अगमवक्ताको हड्‍डी काम्‍दै थिए । अर्को अनुवाद: "म निकै डराएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म एक जना मातेको मान्छेजस्तै भएको छु, जसलाई मदिराले नियन्त्रण गरेको हुन्‍छ

यहाँ निकै दुःखी हुनु र डराउनु बारे यसरी बताइएको छ कि मानौँ त्‍यो दुःख भोग्‍ने मानिस एउटा मातेको मान्छेजस्तै थियो । अर्को अनुवाद: "म एक जना मातेको मान्छेजस्तै छु । म आफैलाई अधिनमा राख्‍न सक्‍दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

देश व्यभिचारीहरूले भरिएको छ

यर्मियाको समयमा भएको पापको मात्रा देखाउन यो बढाइचढाइ प्रयोग गरिएको । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

व्यभिचारीहरू

त्‍यस देशमा प्रायजसो मानिसहरूले आफ्ना पत्‍नीहरूको विरुद्ध व्‍यभिचार गरे भन्‍न सायद यो शब्द दुवै पटक विचार दोहर्याइएको छ साथै, मूर्तिहरू पूज्‍न तिनीहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् झैँ बाइबलीय भाषाहरूमा सामान्य हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

देश सुक्खा भएको छ

केही नयाँ संस्करणले यस हिब्रु वाक्‍यांशलाई "देश विलाप गर्छ" रूपमा व्‍याख्‍या गर्छ ।

शब्द अनुवाद