ne_tn/jer/22/01.md

2.5 KiB

परमप्रभुको वचन सुन

अर्को अनुवाद: "परमप्रभुको वचनमा ध्‍यान देओ"

दाऊदको सिंहासनमा बस्‍

यसले दाऊदझैँ राजकीय अधिकार हुनलाई जनाउँछ । अर्को अनुवाद: "दाऊदले तिमीहरूको सामु गरेझैं राजाको रूपमा शासन गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यी ढोकाहरूद्वारा आउने

यी राजाको दरवारको ढोकाहरू हुन् । अर्को अनुवाद: "राजासँग भेटघाट गर्न आउने मानिसहरू"

थिचोमिचो गर्नेको हात

"हात" शब्दले कुनै व्‍यक्‍तिको शक्ति र अधिकारलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

अनाथ

आमाबुबा नभएका छोराछोरी

दुर्व्यवहार नगर

कसैलाई खराब व्‍यवहार नगर"

यस ठाउँमा

"यस ठाउँ"ले यरूशलेम वा सारा यहूदा देशलाई जनाउँछ । यसले अन्‍य ठाउँहरूमा मानिसहरूलाई मार्नु राम्रो हो भन्‍ने अर्थ दिँदैन ।

निर्दोष रगत नबगाओ

अर्को अनुवाद: "निर्दोष मानिसहरूलाई नमार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद