ne_tn/jer/17/15.md

2.6 KiB

हेर्नुहोस्

अर्को अनुवादः "हेर्नुहोस्" वा "सुन्‍नुहोस्" वा "मैले भन्‍न लागेको कुरामा ध्यान दिनुहोस्"

तिनीहरू मलाई यसो भन्दैछन्

यहाँ "म" शब्दले यर्मियालाई र "तिनीहरू" ले तिनका शत्रुहरूलाई जनाउँछ ।

परमप्रभुको वचन कहाँ छ ?

मानिसहरूले यर्मियालाई गिल्ला गर्नको लागि यो प्रश्‍न गर्छन्, किनभने तिनले भनेका कुराहरू अझै भएका थिएनन् । अर्को अनुवादः "ती कुराहरू हुनेछन् भनेर परमप्रभुले तपाईंलाई भन्‍नुभएका कुराहरू कहाँ छन्? वा "ती कुराहरू हुनेछन् भनेर परमप्रभुले तपाईंलाई भन्‍नुभएका कुराहरू भएका छैनन्" (See: rc://*/ta/man/translate/figs-rquestion)

त्‍यो आओस्

अर्को अनुवादः "तिनीहरू होऊन्"

तपाईंको अनुसरण गरेर गोठालो

परमप्रभुले यर्मियालाई गोठालोले आफ्‍ना भेडालाई डोर्‍याएझैँ मानिसहरूलाई डोर्‍याउन बोलाउनुभयो । (See: rc://*/ta/man/translate/figs-metaphor)

मैले ... प्रतीक्षा गरिनँ

"मैले ... चाहिनँ"

मेरो जिब्रोबाट निस्केको घोषणाहरू

अर्को अनुवादः "मैले बोलेका घोषणाहरू" वा "मैले घोषणा गरेका कुराहरू" (See: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

ती ... गरिएका थिए

अर्को अनुवादः "मैले ती ... बनाएको थिएँ" (See: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद