ne_tn/jer/15/10.md

4.1 KiB

सामान्य जानकारीः

यी पदहरूमा यर्मियाले आफ्‍नो दुःखको बारेमा परमप्रभुसित कुरा गर्छन् र परमप्रभुले उत्तर दिनुहुन्छ ।

हे मेरी आमा, मलाई धिक्कार छ!

यर्मियाले आफू कति दुःखी छन् भन्‍ने एउटा तरिकालाई जोड दिनको लागि आफ्‍नो आमासित बोलेजस्तै नक्कल गर्छन्। (See: rc://*/ta/man/translate/figs-apostrophe)

जो देशैभरि तर्क र विवादको मानिस हुँ

"तर्क" र "वादविवाद" शब्दहरूले मुलतः उस्तै अर्थ दिन्छन् । यी दुवैले यर्मिया कति तर्क गरिरहेका छन् भन्‍ने जोड दिन्छ । अर्को अनुवादः "एउटा मानिस जोसित सबैजनाले हरबखत तर्क गर्छन्" (See: rc://*/ta/man/translate/figs-doublet)

ऋण

कसैलाई पैसा दिनु

के म भलाइको लागि तँलाई छुटाउनेछैनँ ?

यस प्रश्‍नको अस्पष्ट उत्तर "छुटाउनेछु" हो । अर्को अनुवादः "म भलाइको लागि तँलाई निश्‍चय नै छुटाउनेछु!" (See: rc://*/ta/man/translate/figs-rquestion)

तेरा शत्रुहरू

यी मानिसहरू यर्मियाका शत्रुहरू हुन्, जो तिनका अगमवाणीहरूसित सहमत थिएनन् ।

सङ्कष्ट र विपत्तिको समयमा

यहाँ "सङ्कष्ट" र "विपत्ति" शब्दहरूले मुलतः उस्तै अर्थहरू दिन्छन् । यिनीहरूले सङ्कष्टको मात्रा वा तीव्रतालाई जोड दिन्छन् । अर्को अनुवादः "ठूलो सङ्कष्टको समयमा" (See: rc://*/ta/man/translate/figs-doublet)

के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ ?

सङ्केत गरिएको उत्तर "सक्दैन" हो । साथै फलामले परमेश्‍वरको न्यायको दृढतालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "फलामलाई टुक्रा-टुक्रा पार्न नसकिएजस्तै मेरो न्यायलाई टुक्राउन सकिँदैन" (See: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-metaphor]])

खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई ?

दोस्रो प्रश्‍नले पहिलो प्रश्‍नलाई अझ जोड दिन्छ र रूपकमा अझ बलियो फलाम प्रयोग गर्छ । अर्को अनुवादः "अझ धेरै, मेरो न्याय अत्यन्त बलियो फलामजस्तै छ" (See: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद