ne_tn/jer/08/18.md

4.1 KiB

सामान्य जानकारी:

यर्मिया र परमप्रभु बिच यहूदाका मानिसहरूको बारेमा कुराकानी हुन्छ ।

मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ

यो हिब्रूमा भएको कठिन अनुच्छेदलाई आधुनिक संस्करणहरूद्वारा भिन्‍नै तरिकाले अनुवाद गरिएको छ ।

मेरो शोकको कुनै अन्त छैन

"मेरो" शब्दले यर्मियालाई जनाउँछ । अर्को अनुवाद: "म धेरै दुःखित छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

हेर्नुहोस्, टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्दन सुन्‍नुहोस्

यर्मिया यहूदाका मानिसहरूको बारेमा बोल्दैछन् । सम्भावित अर्थहरू हुन्: १) "टाढा देशमा निर्वासनबाट यहूदाका मानिसहरूले पुकारा गर्छन्" वा २) इस्राएल देशभरि बाट यहूदाका मानिसहरूले पुकारा गर्छन्।"

मेरो मानिसहरूको छोरी

इस्राएल छोरीझैँ (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

के परमप्रभु सियोनमा हुनुहुन्‍न र ?

यरूशलेमलाई सियोनको रूपमा जनाइएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

के परमप्रभु सियोनमा हुनुहुन्‍न र ? के त्यसका राजा अहिले त्यहाँ हुनुहुन्‍न र ?

यर्मियाले यहूदाका मानिसहरूले भनिरहेको कुरा बताउँछन् । दुई समानांतर प्रश्‍नहरूले यहूदाका मानिसहरू परमप्रभुले आफूहरूलाई किन नबचाउनु भएको भनेर चकित भएको देखाउँछन् । अर्को अनुवाद: "यदि परमप्रभु यरूशलेमको राजा हुनुहुन्छ भने, उहाँले हामीलाई किन बचाउनुभएको छैन ?" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-explicit]])

त्यसो भए, तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू र बेकम्मा विदेशी देवताहरूले मलाई किन रिस उठाउँछन् त ?

"मलाई" शब्दले परमप्रभुलाई जनाउँछ । अर्को अनुवाद: "यदि तिनीहरूले मैले तिनीहरूलाई बचाएको चाहन्छन् भने, तिनीहरूले तिनीहरूका मूर्तिहरूलाई पुजेर मलाई रिस उठाउनु हुँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद