ne_tn/jer/08/01.md

4.1 KiB

सामान्य जानकारी:

यर्मियाले भर्खरै यहूदाका मानिसहरूलाई भूमिलाई के हुनेछ भनी भनेका छन् ।

परमप्रभुको घोषणा

१:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यस बेला

७:३१ र ७:३३ मा घटेको घटना हुँदाको त्यस बेलामा ।

तिनीहरूले ... निकाल्नेछन्

यो "तिनीहरू" शब्दले यरूशलेमलाई नाश गर्ने मानिसहरूलाई जनाउँछ ।

यसका अधिकारीहरू

"यहूदाका राजकुमारहरू"

तिनलाई फैलाउनेछन्

"तिनलाई" शब्दले यहूदाका मानिसहरूका हड्‍डीहरूलाई जनाउँछ ।

तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्

"आकाशका यी कुराहरू जसलाई तिनीहरूले मन पराएका छन् र तिनीहरूले सेवा गरेका छन् ।" यहाँ "तिनीहरू" शब्दले यहूदाका मानिसहरूलाई जनाउँछ ।

खोजी गरेका छन्

"जस बारे तिनीहरूले सोध्पुछ गरेका छन्"

हड्‍डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन्

अर्को अनुवाद: "कसैले पनि तिनीहरूका हड्‍डीहरू जम्मा गर्ने छैनन् र तिनीहरूलाई गाँड्ने छैनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

जमिनको सतहमा

"जमिनभरि"

ती ... मलझैं परिरहनेछन्

तिनीहरूले कतिको घिनलाग्दा हुनेछन् भनी परमप्रभुले देखाउँदै हुनुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

मलझैं

"दिसाझैँ"

जहाँ मैले तिनीहरूलाई धपाएको छु

"तिनीहरू" शब्दले यहूदाका मानिसहरूलाई जनाउँछ ।

हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तिनीहरूलाई धपाएको छु, त्यहाँ तिनीहरूले आफ्‍नो निम्‍ति जीवनको साटो मृत्यु रोज्नेछन्

"यस दुष्ट परिवारमा अझैँ बाँकी रहेकाहरू जीवित रहनको सट्टा मर्न चाहने छन्"

शब्द अनुवाद