ne_tn/jer/02/14.md

4.0 KiB

के इस्राएल दास हो ? के त्यो आफ्नो मालिकको घरमा जन्मेको थियो ? त्यसो भए, त्यो किन लुटको माल भएको छ त ?

अर्को अनुवाद: "तिमीहरू, इस्राएलका मानिसहरू दास भएरै जन्‍मेका होइनौ; तर अब तिमीहरू आफ्ना शत्रुहरूद्वारा लुटिएका छौ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] and [[rc:///ta/man/translate/figs-explicit]])

त्यो किन लुटको माल भएको छ त ?

अर्को अनुवाद: "तिमीहरूको हक भएका सबैथोक जबरजस्ती लिइएका छन्"

जवान सिंहहरू त्यसको विरुद्धमा गर्जे । तिनीहरूले ठुलो स्‍वरले गर्जेका छन्, र त्यसको देशलाई त्रसित पारेका छन् । त्यसका सहरहरू बासिन्दाहरू नरहने गरी नष्‍ट पारिएका छन्

अर्को अनुवाद: "तिमीहरूका शत्रुहरूले तिमीहरूलाई जवान सिंहहरूले जस्तै गर्जेर आक्रमण गरे । तिनीहरूले तिमीहरूका देशलाई नष्‍ट पारे र तिमीहरूका सहरहरूलाई जलाए ताकि कोही पनि त्यसमा नबसून् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-parallelism]])

जवान सिंहहरू ... गर्जे

गर्जन एउटा जङ्गली जनावरले निकाल्‍ने ठुलो आवाज हो ।

बासिन्दाहरू

निश्‍चित ठाउँमा बसोबास गर्ने मानिसहरू

मेम्फिस र तहपनेस

मिश्रमा भएका सहरहरू (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तेरो शिर खौरिनेछन्

मिश्रीहरूले आफ्ना दासहरूलाई दासको रूपमा चिन्ह दिनको लागि तिनीहरूका शिर खौरन्थे ।

तेरो शिर खौरिनेछन्

यस हिब्रू लेखाइलाई केही आधुनिक संस्करणले "तेरो शिर कुच्याएका छन्" भनी अनुवाद गरेका छन् ।"

परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्‍नै निम्‍ति गरेका होइनौ र ?

अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर यो तिमीहरू आफैले निम्त्याएका छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद