ne_tn/jdg/18/24.md

5.4 KiB

मैले बनाएका देवताहरू

मीकाले आफ्‍ना मूर्तिहरू बनाएका होइनन्, तर तिनका कारीगरले ती बनाए । अर्को अनुवादः "मैले मेरो लागि बनाएको देवताहरू" वा "कारीगरले मेरो लागि बनाएका देवताहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अब मसँग के बाँकी छ?

मीकाले आफूसित अब महत्वपुर्ण लाग्‍ने कुराहरू छैनन् भन्‍ने जोड दिनको लागि यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "मेरो अब केही छैन ।" वा "मलाई महत्वपुर्ण लागेको सबै कुरा तिमीहरूले लिएका छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दु:ख दिइरहेको छ’ भनेर प्रश्न गर्न सक्छौ?

मीकालाई कुन कुराले दुःख दिईरहेको छ भनेर दानका मानिसहरूले पक्‍कै पनि जान्दछन् भनेर जोड दिनको लागि मीका यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "म धेरै दुःखी छु भनेर तिनीहरूलाई थाहा छ" वा "तिमीहरूले मलाई जे गर्‍यौ, त्यसले गर्दा म कत्ति दुःखी छु भनेर तिमीहरूलाई थाहा छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हामीलाई तिम्रो केही कुरा नसुनाऊ

यहाँ "हामीलाई ... नसुनाऊ" वाक्यांशले के भएको थियो भनेर मीकाले भनेको कुरा दानका मानिसहरूले सुन्‍ने कुरालाई जनाउँछ, तर यसले के भएको थियो भन्‍ने बारेमा मीकाले अरूसित गरेका ती कुराहरू अरूद्वारा बताइएको कुरालाई पनि समावेश गर्छ । अर्को अनुवादः "तिमीले केही भन्‍यो भनेर हामीलाई थाहा नदेऊ" वा "यसको बारेमा केही नभन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिम्रो केही कुरा नसुनाऊ

"केही" भन्‍ने शब्दले दानका मानिसहरू मीकाको घरमा आएर तिनको मुर्तिहरू चोर्न आउने बारेमा कुनै पनि जानकारीलाई जनाउँछ । यसलाई स्पष्टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "यस विषयमा तिमीले भन्‍ने कुनै पनि कुरा" वा "के भएको थियो भन्‍ने बारेमा तिमीले भन्‍ने कुनै पनि कुरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिमी र तिम्रा परिवार सबै मारिनेछन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमी र तिम्रो परिवारलाई मार्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

टाढा गए

यसले तिनीहरूले यात्रा सुरू गरे भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "तिनीहरूको यात्रा सुरू गरे" वा "निरन्तर यात्रा गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया

यसले लडाइ गर्न मीका र तिनका मानिसहरूका लागि दानका मानिसहरू अति बलिया भएको कुरालाई जनाउँछ । अर्को अनुवादः "लड्नलाई तिनी र तिनका मानिसहरूका लागि तिनीहरू अति बलिया थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद