ne_tn/jdg/18/21.md

3.5 KiB

तिनीहरूले साना बालबालिकाहरू ... आफ्नो अगि-अगि हिँडाए

बालबालिकाहरूलाई बचाउनको लागि तिनीहरूले यसरी यात्रा गरे । यदि मीका र तिनका मानिसहरूले तिनीहरूलाई आक्रमण गरे भने तिनीहरू पहिला योद्धाहरूकहाँ पुग्थे बालबालिकाहरूकहाँ होइन । अर्को अनुवादः "तिनीहरूले साना बच्चाहरूलाई जोगाउनको लागि आफ्‍ना अघि अघि राखे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

अलि पर

"केही दूरी ।" यसले छोटो दुरीलाई जनाउँछ तर नाप्‍ने प्रक्रियाको लागि चाहिँ पर्याप्त लामो दुरीलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मीकाको घर नजिकका घरहरूमा बस्ने मानिसहरूलाई सँगै बोलाइयो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मीकाले आफ्नो घर नजिकका घरहरूमा बस्ने मानिसहरूलाई सँगै बोलाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए

यसले तिनीहरू तिनका पछि कुदे भन्‍ने सङ्केत गर्छ । यसलाई स्पष्टसित लेख्‍न सकिन्छ । अर्को अनुवादः "दानका मानिसहरू पछि कुदे, र तिनीहरूलाई भेट्टाए"

तिनीहरू उल्टो फर्केर

"दानका मानिसहरू उल्टो फर्केर"

तिमीहरू किन एकसाथ भेला भएका छौ?

यो प्रश्‍न एउटा हप्की हो । यसलाई एउटा सामान्य वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हामीलाई खेदाउन तिमीले आफ्‍ना मानिसहरूलाई बोलाउन हुँदैनथियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

एकसाथ भेला भएका छौ

यसलाई कर्तृवाच्यमा कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यी मानिसहरू एकसाथ बोलाइएका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद