ne_tn/jdg/16/15.md

2.7 KiB

तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्न सक्नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्न?

यदि शिमशोनले दलीलालाई प्रेम गरेका भए तिनले आफ्‍ना सारा गोप्य कुराहरू उनलाई बताउने थिए भनेर दलीला यो प्रश्‍न गर्छिन् । यस प्रश्‍नलाई एउटा वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंले 'म तिमीलाई प्रेम गर्छु' भन्‍नुहुँदा झुट बोल्नुभएको हो, किनभने तपाईं मसित आफ्‍ना गोप्य कुराहरू बाँड्‍नुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

त्यसले उनलाई ... दबाब दिई ... दबाब दिई

यहाँ लेखकले दलीलाले शिमशोनलाई उक्साउने बारेमा यसरी बताउँछन् कि मानौँ उनले जान्‍न चाहेका कुरा उनलाई बताइदिन तिनीमाथि दबाब राख्दैथिइन् । अर्को अनुवादः "तिनलाई उक्साउन कोशिस गरिन् ... तिनलाई उक्साउन कोशिस गरिरहिन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यसले ... यही कुरा

"त्यसले ... तिनलाई भनेको कुराले"

कि उनले मर्ने इच्छा गरे

शिमशोनले कत्ति दुःखी महसुस गरे भन्‍ने कुराको जोड दिनलाई लेखक यो बढाइ चढाईको प्रयोग गरेका छन् । अर्को अनुवादः "कि तिनी पूर्ण रूपमा दुःखी थिए" वा "कि तिनी अत्यन्तै दुःखी थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद