ne_tn/jdg/14/03.md

4.4 KiB

के तिम्रा नातेदारहरूका छोरीहरू वा हाम्रा मानिसहरूमा कोही स्त्री छैन र?

तिनीहरूले शिमशोनको लागि पत्‍नी तिनीहरूका आफ्‍नै मानिसहरूमा कोही भेट्टाउन सक्छन् भनेर सल्लाह दिनलाई तिनीहरू यो प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीले विवाह गर्नको लागि तिम्रा मानिसहरूमा निश्‍चय नै कोही छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिम्रा नातेदारहरूका छोरीहरू

जवान अविवाहित स्‍त्रीहरूलाई जनाउने "छोरीहरू" शब्द एउटा भद्र तरिका हो । अर्को अनुवादः "तिम्रा नातेदारहरूमाझको अविवाहित स्‍त्रीहरूमध्ये एक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

के तिमी खतना नभएका पलिश्तीहरूबाट आफ्नो निम्ति पत्नी लिन जाँदै छौ?

शिमशोनलाई हप्काउनको लागि यो प्रश्‍न सोधिएको छ । यो प्रश्‍नलाई एउटा भनाईको रूपमा लेख्‍न सकिन्छ । तिनका अभिभावकले तिनको विवाह पलिश्तीसित गराउन नचाहेको कारणलाई स्पष्ट पार्न सक्‍नुहुन्छ । अर्को अनुवादः "तिमीले साँच्‍चै पलिश्ती स्‍त्रीलाई विवाह गर्न हुँदैन, किनभने पलिश्ती मानिसहरूले परमप्रभु पुज्दैनन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

तिनलाई मेरो निम्ति ल्याइदिनुहोस्

यो एउटा वाक्पद्धति हो । शिमशोनले आफ्‍ना अबिभावकसित त्यस पलिश्ती स्‍त्रीका अबिभावकसित विवाहको कुरा गर्ने माग गरिरहेका छन् । अर्को अनुवादः "अब तिनलाई मरी पत्‍नी हुनलाई बन्दोवस्त गरिदिनुहोस्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मलाई खुशी मिल्छ

यसको अर्थ शिमशोनले उनी सुन्दर छिन् भनी सोच्‍छन् भन्‍ने हो । अर्को अनुवादः "उनी कत्ति सुन्दर छिन भन्‍ने कुराले मलाई खुशी मिल्छ" वा "उनी सुन्दर छिन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

यो कुरा

यसले त्यस पलिश्ती स्‍त्रीसित विवाह गर्ने शिमशोनको अनुरोधलाई जनाउँछ ।

किनभने उहाँले पलिश्तीहरूसँग अमेल ल्याउने योजना गर्नुभएको थियो

"उहाँ" शब्दले परमप्रभुलाई जनाउँछ ।

शब्द अनुवाद