ne_tn/jdg/12/03.md

4.0 KiB

तिमीहरूले मलाई बचाउन नआएको

यहाँ "तिमीहरू" शब्दले एफ्राइमका मानिसहरूलाई जनाउँछ । यिप्ताले "म" भन्दा उनले आफू लगायत गिलादका मानिसहरूलाई जनाउँदैछन् । अर्को अनुवादः "तिमीहरूले हामीलाई सहायता नगरेपछि" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-you]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

मैले आफ्‍नो प्राणलाई आफ्नै हातमा राखें

यो एउटा वाक्पद्धति हो जसको अर्थ कसैको जीवन जोखिममा राखेर आफ्‍नै बलमा भर पर्नु भन्‍ने हुन्‍छ । यिप्ता आफूझैँ गिलादका मानिसहरूलाई निरन्तर जनाउँछन् । अर्को अनुवादः "हामीले हाम्रो आफ्‍नै बलमा भर परेर हाम्रो ज्यान जोखिममा पार्‍यौँ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

परमप्रभुले मलाई विजय दिनुभयो

यिप्ताले अम्मोनीहरूमाथि गिलादका मानिसहरूलाई विजय दिनुहुने परमप्रभुलाई जनाउँदैछन् । यस भनाइको अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले हामीलाई तिनीहरूमाथि विजय दिनुभयो" वा "तिनीहरूलाई युद्धमा पराजित गर्न परमप्रभुले हामीलाई दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

यिप्ताले ... एफ्राइमको विरुद्ध युद्ध लडे

अर्को अनुवादः "तिनीहरू एफ्राइमको विरूद्ध लडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिमीहरू आज मेरो विरुद्धमा युद्ध लड्न किन आएका छौ?

यहाँ "तिमीहरू" शब्दले एफ्राइमका मानिसहरूलाई जनाउँछ । यिप्ताले "म" भन्दा उनले आफू लगायत गिलादका मानिसहरूलाई जनाउँदैछन् । अर्को अनुवादः "तिमीहरू किन हाम्रो विरूद्ध लड्न आएका छौ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-you]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

गिलादी

"गिलादबाटका मानिसहरू"

एफ्राइम— एफ्राइम र मनश्शेमा

"एफ्राइम र मनश्शे इलाकामा" वा "एफ्राइम र मनश्शे देशमा ।" यहाँ "एफ्राइम" र "मनश्शे" ले इलाकाहरूलाई जनाउँछ र त्यहाँ बस्‍ने कुलहरूको नामबाट नामाकरण गरिएका छन् ।

शब्द अनुवाद