ne_tn/jdg/08/27.md

5.0 KiB

गिदोनले ती कुण्डलहरूबाट एउटा एपोद बनाए

"गिदोनले कुण्डलहरूको सुन एपोद बनाउन प्रयोग गरे ।"

ओप्रा

न्यायकर्ताहरू ६:११मा तपाईंले गर्नुभएझैं यो सहरको नामलाई अनुवाद गर्नुहोस् ।

सबै इस्राएलले त्यसको पुजा गरेर वेश्याजस्‍तै भए

यहाँ झुटा देवतालाई पुज्‍नुलाई वेश्‍याजस्‍तै गरी बताइएको छ। अर्को अनुवादः "सबै इस्राएलीहरूले त्यहाँ एपोदालाई पुजेर परमप्रभुको विरुद्ध पाप गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सबै इस्राएल

यहाँ "सबै" बढाइचढाइ गरिएको शब्द हो जसले धेरैले एपोदको पुजा गरे भन्‍ने कुरालाई जोड दिन्छ । अर्को अनुवादः "इस्राएलमा अत्ति धेरै मानिसहरूले एपोदको पुजा गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

गिदोन र उनका घरमा भएकाहरूका निम्ति यो एउटा पासो हुन गयो

यसले गिदोन र उनका परिवार एपोदको पुजा गर्ने परीक्षामा पर्नु बारेमा यसरी बताइएको छ कि मानौं एपोद उनीहरूलाई पासोमा पार्ने शिकारीको जालो थियो ।अर्को अनुवादः "गिदोन र उनका परिवारको निम्ति परीक्षा बन्यो ।" वा "गिदोन र उनको परिवारले यसलाई पुजेर पाप गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

घरमा भएकाहरूका निम्ति

यहाँ "घर" ले गिदोनको परिवारलाई जनाउँछ । अर्को अनुवादः "परिवारमा भएकाहरूका निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यसरी मिद्यानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ ।उदाहरणको लागि: "यसरी परमप्रभुद्वारा मिद्यानीहरूलाई इस्राएलका मानिसहरूका अधीनमा राखियो ।" वा " यसरी परमप्रभुद्वारा मिद्यानीहरूलाई पराजित गर्न इस्राएलीहरूलाई सहायता गरियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन्

यो वाक्पद्धति हो । अर्को अनुवादः "तिनीहरूले इस्राएलमाथि फेरि आक्रमण गरेनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

देशमा ... शान्ति भयो

यहाँ "देश" ले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलीहरू ... शान्तिसँग जिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

चालिस वर्ष

"४० वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

गिदोनको समयमा

यहाँ "समय" ले उनको जीवनकाललाई जनाउँछ । अर्को अनुवाद: "गिदोनको जीवनकालमा"

शब्द अनुवाद