ne_tn/jdg/06/22.md

2.4 KiB

परमप्रभुका स्वर्गदूत

६:११-२४ मा परमप्रभु स्‍वर्गदूतको रूपमा गिदोनकहाँ देखापर्नुहुन्छ । न्यायकर्ताहरू ६:११मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

हे परमप्रभु परमेश्‍वर

यहाँ "हे" शब्दले गिदोन धेरै नै डराएको भन्‍ने देखाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclamations)

परमप्रभुका दूतलाई आमने-सामने देखेँ!

यस वाक्यांशले दुई व्यक्ति एक-अर्काको नजिक भएको जनाउँछ । अर्को अनुवादः "साँच्चैनै परमप्रभुको स्‍वर्गदूतलाई देखेँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुले तिनलाई भन्‍नुभयो

सम्भवतः परमप्रभुले गिदोनलाई स्‍वर्गबाट भन्‍नुभयो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आजको दिनसम्म

यसको अर्थ न्यायकर्ता किताब लेख्दा खेरीको समय हो ।

ओप्रा

न्यायकर्ताहरू ६:११मा यो सहरलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

अबीएजेरी

न्यायकर्ताहरू ६:११मा यो सहरलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद