ne_tn/jdg/05/17.md

4.4 KiB

गिलाद ... बस्‍यो

यहाँ "गिलाद" ले गिलादका मानिसहरूलाई जनाउँछ जसले युद्धमा लडाइँ गर्न जानुपर्ने थियो । अर्को अनुवादः "गिलादका मानिसहरू ... बसे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यर्दन पारि

यसले यर्दनको पूर्वपट्टीको भागलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

अनि दान, ऊ जहाजहरूमा किन घुमिरह्‍यो?

यो प्रश्‍न क्रोध व्यक्त गर्न सोधिन्छ किनभने दान कुलका मानिसहरूले इस्राएलको लागि युद्ध लडिरहेका थिएनन् । अर्को अनुवादः "र दानका मानिसहरू जहाजमा बसिरहनु हुँदैन्थ्यो।" वा " दान कुलका मानिसहरूले हामीलाई युद्धमा सहायता गरेनन् ।बरू तिनीहरू जहाजहरूमा समुद्रमाथि घुमिरहेका थिए । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

दान, ऊ ... कि

यहाँ "दान" ले युद्धमा लडाइँ गर्न जानुपर्ने दानका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "दानका मानिसहरू,तिनीहरू ... किन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जहाजहरूमा किन घुमिरह्‍यो

दान कुल भूमध्य सागरनजिक बस्थ्यो । व्यापार र माछा मार्ने कामबाट पैसा कमाउन तिनीहरू समुद्रमा जहाज चलाउँथे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आशेर समुद्र किनारमा नै रह्‍यो र आफ्‍ना बन्दरगाहहरूको नजिक बस्‍यो

यस वाक्यको पुरा अर्थलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादःआशेर कुलका मानिसहरूले पनि हामीलाई सहायता गर्न असफल भए र तिनीहरू समुद्रीतटको बन्दरगाहहरू नजिक बसिरहे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आशेर ... बस्‍यो

यहाँ "आशेर" ले युद्धमा लडाइँ गर्न जानुपर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "आशेरका मानिसहरू ... बसे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

बन्दरगाहहरू

गहिरो पानी भएको समुद्रीतटको ठाउँ जहाँ जहाजहरू राखिन्थ्यो ।

नप्तालीले पनि

बुझेको जानकारीलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "नप्ताली यस्तो कुल थियो जसले मृत्युको मुखसम्म आफ्नो जीवन खतरामा हाल्थ्यो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद