ne_tn/jdg/05/14.md

2.3 KiB

एफ्राइमबाट आए, जसको जग अमालेकमा छ

सुरुदेखि अमालेकका सन्तानहरू बसेको भूमिमा एफ्राइमका मानिसहरू बस्‍नुलाई यसरी बताइएको छ कि मानौं एफ्राइमका मानिसहरू घर थिए र अमालेक जग थियो । अर्को अनुवाद: "एफ्राइमबाट आए, जुन भूमिमा कुनै समय अमालेकका सन्तानहरू बस्थे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूका पछि आए

यहाँ" तिमीहरू" ले एफ्राइमका मानिसहरूलाई जनाउँछ । यसलाई तृतीय पुरूषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूलाई पछ्‍याए ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-you]] र [[rc:///ta/man/translate/figs-123person]])

माकीर

यो माकीरका सन्तानहरू बसोबास गरेको ठाउँ हो । माकीर मनश्शेका छोरा र योसेफका नाति थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जबूलूनबाट अधिकारीको लौरो लिनेहरू

सैन्य अगुवाहरूलाई तिनीहरूको लौरोले वर्णन गर्छ जुन तिनीहरूको अधिकारको चिन्ह हो । अर्को अनुवादः "जबूलूनबाट सैन्य अगुवाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद