ne_tn/jdg/02/20.md

4.0 KiB

परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो

परमप्रभुको क्रोधलाई दन्किरहेको आगोजस्तै गरी वर्णन गरिएको छ । न्यायकर्ताहरू २:१४मा तपाईंले यस वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यस जातिले ... तोडेका हुनाले

यहाँ " जाति" ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "यी मानिसहरू ...तोडेकाले" वा "इस्राएलीहरू ...तोडेकाले ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पुर्खाहरू

यहाँ यसले निश्‍चित मानिस वा मानिसहरूको समूहका पूर्वजहरूलाई जनाउँछ ।

तिनीहरूले मेरा आज्ञा पालन नगरेका हुनाले

यहाँ "आज्ञा" ले परमप्रभुले भन्‍नुभएका कुराहरूलाई जनाउँछ । अर्को अनुवादः "मैले आज्ञा गरेका कुराहरू तिनीहरूले पालन नगरेकाले" वा "तिनीहरूले मेरो आवाज नसुनेकाले।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सबै जाति

यहाँ "जाति" ले कनानमा इस्राएलीहरूको सामु बसोबास गर्ने मानिसहरूको समूहलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आफ्‍ना पुर्खाहरूले झै परमप्रभुको मार्गलाई पछ्याएर ती मार्गमा हिंड्नेछन्

मानिसहरूले कसरी जिएको र व्यवहार गरेको परमप्रभु चाहनुहुन्छ भन्‍ने बारेमा यसरी बताइएको छ कि मानौं त्यो कुनै बाटो वा मार्ग थियो । परमप्रभुको आज्ञा पालन गर्ने व्यक्तिको बारेमा यसरी बताइएको छ कि मानौं तिनीहरू उहाँको मार्गमा हिँड्दै थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यहोशूको हातमा सुम्पनुभएन

"उहाँले यहोशूलाई तिनीहरूमाथि विजय हुनदिनुभएन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

यहोशूको ... सुम्पनुभएन

यहाँ " यहोशू" ले तिनको सेनाालाई जनाउँछ । अर्को अनुवादः "यहोशू र तिनका सेनाको ... सुम्पनुभएन ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

शब्द अनुवाद