ne_tn/jdg/02/16.md

3.1 KiB

त्‍यसपछि परमप्रभुले न्यायकर्ताहरू खडा गर्नुभयो

परमप्रभुले मानिसहरूलाई न्यायकर्ता हुन चुन्‍नुलाई यसरी बताइएको छ कि मानौं उहाँले मानिसहरूलाई उठाउँदै वा खडा गर्दै हुनुहुन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हातबाट ... बचाए

यहाँ "हात" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "शत्रुहरूका शक्तिबाट ... बचाए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले आफ्ना न्यायकर्ताहरूलाई सुनेनन्

"तिनीहरूले आफ्ना न्यायकर्ताहरूको आज्ञा पालन गरेनन् ।"

आफूलाई वेश्याहरूझैं अन्य देवताहरूकहाँ सुम्पे र तिनीहरूको पुजा गरे

मानिसहरूले परमप्रभुलाई धोका दिनु र अरू देवताहरूलाई पुज्‍नुलाई यसरी बताइएको छ कि मानौं ती मानिसहरू वेश्याहरू थिए । अर्को अनुवादः "झुटा देवताहरूलाई पुजेर उहाँलाई धोका दिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए

मानिसहरूले परमप्रभुलाई पुज्‍ने आफ्ना पूर्वजहरूले जस्तै व्यवहार नगर्नुलाई यसरी बताइएको छ कि मानौं तिनीहरू तर्केर आफ्ना पूर्वजहरू हिडेको भन्दा भिन्‍न मार्गमा गए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

पिता-पुर्खाहरू

"तिनीहरूका पूर्वजहरू"

शब्द अनुवाद