ne_tn/jdg/02/11.md

3.0 KiB

परमप्रभुको दृष्‍टिमा जे कुरा दुष्‍ट थियो

यहाँ "परमप्रभुको दृष्‍टिमा" ले परमप्रभुले केही कुराको बारेमा के सोच्‍नुहुन्छ वा ठान्‍नुहुन्छ भन्‍ने जनाउँछ । अर्को अनुवादः " परमप्रभुले दुष्‍ट ठहर्‍याउनुभएका कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बाल देवता

"बाल" एउटा झुटा देवताको नाम हो । "बाल" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

परमप्रभुसँग तिनीहरूले सम्बन्ध तोडे

इस्राएलीहरूले परमप्रभुका आज्ञा पालन नगर्नुलाई यसरी बताइएको छ कि मानौं तिनीहरूले परमप्रभुसँग शारिरिक रूपमा सम्बन्ध तोडे र उहाँलाई छोडे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

पुर्खाहरूका

"पूर्वजहरूका"

तिनीहरूले अन्य देवताहरू... पछ्याए

इस्राएलीहरूले झुटा देवताहरू पुज्‍न सुरु गर्नुलाई यसरी बताइएको छ कि मानौं इस्राएलीहरू झुटा देवताहरूका पछि हिँड्दै थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूलाई ढोगे

यो कसैलाई पुज्‍ने वा आदर दिने कार्य हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

तिनीहरूले परमप्रभुलाई क्रोधित बनाए

"तिनीहरूले परमप्रभुलाई रिसाउने तुल्याए ।"

अश्तोरेत देवता

यो एउटा झुटा देवताको नाम हो जसका धेरै अवतारहरूको पुजा गरिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद