ne_tn/jdg/02/06.md

3.1 KiB

अब यहोशूले

यहाँ "अब" शब्द मुख्य कथावस्तुमा विश्राम लिन प्रयोग गरिएको छ । यहाँ लेखकले एउटा सारांश सुरू गर्छन् जसमा उनले कसरी यहोशू पछिका इस्राएलका पुस्ताहरूले पाप गरे र झुटा देवताहरू पूजा गरे जसको कारण परमप्रभुले तिनीहरूलाई सजाय दिनुभयो तर फेरि उहाँले न्यायकर्ताहरू पठाउनुभएर तिनीहरूलाई छुट्‍कारा दिनुहुनेछ भन्‍ने बारेमा वर्णन गर्छन् ।यि सारांश २:२३ मा समाप्त हुन्छ ।

यहोशू ... ११० वर्षको उमेरमा मृत्‍यु भयो

१:१-२:५ सम्‍मको घटना यहोशू मरेपछि भयो । यो यहोशूको पुस्तकको अन्तमा भएका घटनाहरूको प्रतिवेदन हो ।

आ-आफ्नो बाटो पठाए

यस वाक्यलाई अझ स्‍पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले तिनीहरूलाई दिनुभएको ठाउँमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीपछि पनि बाँचेका

यसको अर्थ कोही भन्दापनि लामो समयसम्‍म बाँच्‍नु हो । अर्को अनुवादः "तिनीभन्दा लामो समयसम्‍म बाँचेका"

अगुवाहरू

यसले मोशाका व्यवस्थाहरू कायम गर्ने जस्ता धार्मिक कार्यहरू र सामाजिक न्यायका कुराहरूमा सहभागी भएर इस्राएलाई अगुवाइ गर्ने मानिसहरूलाई जनाउँछ ।

जीवनकालभरि

यसले कोही बाँचेको समयलाई जनाउँछ । अर्को अनुवादः " जीवनमा"

नून

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद