ne_tn/jdg/02/01.md

4.0 KiB

परमप्रभुका दूत

सम्भावितः अर्थहरू हुन्ः १) "परमप्रभुको प्रतिनिधित्‍व गर्ने स्‍वर्गदूत" वा २) परमप्रभुको सेवा गर्ने समाचारवाहक" वा ३) यसले परमप्रभु स्वयम्‌लाई जनाउन सक्छ र उहाँ मानिससँग कुरा गर्दा स्वर्गदूतजस्तै देखिनुभएको हुनसक्छ । स्‍वर्गदूतले " म" भनी प्रयोग गर्नुलाई यसरी बताइएको छ कि मानौं परमप्रभु स्‍वयम्‌ कुरा गर्दै हुनुहुन्थ्यो ।

गिलगालबाट माथि बोकीममा गए

"गिलगाललाई छोडे र बोकीममा गए"

बोकीम

यो २:५ मा स्वर्गदूतले मानिसहरूलाई हप्काएपछि, इस्राएलीहरूले यस ठाउँको नाम राखे । "बोकीम" को अर्थ "रुनु" हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

र भने

यहाँ परमप्रभुका स्वर्गदूत इस्राएलका मानिसहरूसँग बोल्दैछन् भन्‍ने बुझिन्छ । अर्को अनुवादः "र इस्राएलका मानिसहरूलाई भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

तिमीहरूलाई मिश्रबाट ल्याएँ

"तिमीहरूलाई मिश्रबाट अगुवाइ गरेँ ।"

तिमीहरूका पुर्खाहरू

"तिमीहरूका पूर्वजहरू"

तिमीहरूसँगको मेरो करारलाई म कहिल्यै तोड्नेछैनँ

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः तिमीहरूको लागि जे गर्छु भनी बताएको छु, त्यो गर्न असफल हुनेछैनँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ

यहाँ "आज्ञा" ले परमप्रभुले भन्‍नुभएको कुरालाई जनाउँछ । अर्को अनुवादः "तिमीहरूले मेरा सोर सुनेका छैनौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूले यो के गरेका छौ?

इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञा उल्लङ्‍घन गरेका छन् र यसैकारण तिनीहरूले दुःख पाउनेछन् भन्‍ने कुरा तिनीहरूलाई महसूस गराउन यो प्रश्‍न सोधिएको छ । अर्को अनुवादः"तिमीहरूले भयानक कुरा गरेका छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद