ne_tn/jdg/01/08.md

3.0 KiB

यरूशलेम सहर...र त्यसलाई कब्जामा लिए

यहाँ "सहर"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "यरूशलेममा बस्‍ने मानिसहरू ... र तिनीहरूलाई हराए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले त्यो सहरलाई...आक्रमण गरे

यहाँ "त्यो सहर" ले सहरका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले सहरका मानिसहरूलाई ...आक्रमण गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तरवारको धारले

"तरवारको टुप्पोले"। यहाँ "तरवार"ले तरवारहरू र सैनिकहरूले युद्धमा प्रयोग गर्ने अरू हतियारहरूलाई जनाउँछ । अर्को अनुवादः तिनीहरूका तरवारहरूले" वा "तिनीहरूका हतियारहरूले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

नेगेव

"दक्षिणी यहूदाको उजाडस्थान" ( EN-UDB)

हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो

यो पृष्‍ठभूमिको जानकारी हो ।यो पुस्‍तक पढ्ने केही मानिसहरूले किर्यत-अर्बाको बारेमा सम्भवतः सुनेका थिए तर यो तिनीहरूले हेब्रोन भन्‍ने सहर नै हो भन्‍ने तिनीहरूलाई थाहा थिएन । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

शेशै, अहीमन, र तल्मै

यो हेब्रोनमा भएका तीन कनानी अगुवाहरूका नामहरू हुन् । प्रत्येक अगुवाले त्यसको सेनालाई जनाउँछ ।अर्को अनुवादः "शेशै, अहीमन, तल्मै र तिनीहरूका सेनाहरू" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-names]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद