ne_tn/jdg/01/01.md

4.2 KiB

जोड्‍ने वाक्‍य:

न्‍यायकर्ताको पुस्‍तकले यहोशूबारेको कथालाई निरन्‍तरता दिन्छ र कथाको नयाँ भागको सुरुवात पनि हो ।

परमप्रभु

यो परमेश्‍वरको नाम हो जुन उहाँले आफ्ना मानिसहरूलाई पुरानो नियममा प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्ने भनेर परमप्रभुको बारेमा EN-शब्द अनुवाद पृष्ठमा हेर्नुहोस् ।

हाम्रो निम्ति कनानीहरूका विरुद्धमा ... आक्रमण

यहाँ "हाम्रो" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

यहूदाले आक्रमण गर्नेछ

यहाँ "यहूदा" ले यहूदा कुलका मानिसहरूलाई जनाउँछ । परमप्रभुले यी मानिसहरूलाई पहिले आक्रमण गर्न आज्ञा दिँदैहुनुहुन्छ । अर्को अनुवाद: "यहूदाका मानिसहरूले पहिले आक्रमण गर्नुपर्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

हेर

"वास्‍तवमा" । यसले आउन लागेको कुरालाई जोड दिन्छ ।

यस देश

यसले कनानीहरू बस्‍ने देशलाई जनाउँछ ।अर्को अनुवादः "कनानीहरूको देश" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आफ्ना दाजुभाइ

"तिनीहरूका संगी इस्राएलीहरू" वा "तिनीहरूका नातेदारहरू"

हामीसँग ... आओ

यर्दन नदीको बेसीमा यहूदा र शिमियोनका कुलका मानिसहरूले बाँकीका इस्राएलका मानिसहरूसँगै छाउनी हालेका थिए ।यहूदालाई दिएको भूमि बेसीमाथिको डाँडामा थियो । प्रायः केही भाषाहरूले मानिसहरू माथि जाँदै थिए वा तल जाँदै थिए भनेर संकेत गर्दैन । अर्को अनुवादः " हामीसँग ... जाऔं ।"

हामीलाई दिइएको ... तिमीहरूलाई दिइएको

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले हामीलाई दिनुभएको ... परमप्रभुले तिमीहरूलाई दिनुभएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्‍यसरी नै हामी पनि ... तिमीहरूसँग जानेछौँ

"हामी पनि ... तिमीहरूसँग जानेछौँ " वा "त्‍यसरी नै हामी पनि ... तिमीहरूसँगै जानेछौँ ।"

शब्द अनुवाद