ne_tn/jas/05/intro.md

2.8 KiB

याकूब ०५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

अनन्तता

यस अध्यायले यस संसारको बितेर जाने थोकहरूको निमित्त जिउने कुरा र अनन्तताको लागि रहने थोकहरूको लागि जिउने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । येशू छिटै फर्कनुहुनेछ भन्‍ने कुराको अपेक्षामा जिउनु पनि महत्त्वपूर्ण छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/eternity)

शपथहरू

सबै शपथहरू गलत हुन् भनेर यो खण्‍डले सिकाउँछ वा सिकाउँदैन भन्‍ने कुरामा विद्वानहरू विभाजित छन् । अधिकांश विद्वानहरूले विश्‍वास गर्छन् कि केही शपथहरू स्‍वीकृति गर्न मिल्‍ने छन् र याकूबले बरु ख्रीष्‍टिएनहरूलाई इमान्दारिता अपनाउन सिकाइरहेका छन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

एलिया

१ र २ राजा अनि १ र २ इतिहासको पुस्तकहरूको अनुवाद अझै भएको छैन भने यो कथा बुझ्‍न कठिन हुनेछ ।

“उसको प्राणलाई मृत्युबाट बचाउन”

यसले सम्भवतः सिकाउँछ कि कोही व्यक्तिले आफ्‍नो पापपूर्ण जीवनशैलीलाई त्याग्छ भने उसको पापको परिणामस्वरूप हुने शारीरिक मृत्युद्वारा दण्‍डित हुनेछैन । अर्कोतर्फ, केही विद्वानहरूले विश्‍वास गर्छन् कि यो खण्‍डले अनन्त उद्धारको बारेमा सिकाउँछ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sin]] अनि [[rc:///tw/dict/bible/other/death]] अनि rc://*/tw/dict/bible/kt/save)