ne_tn/jas/05/20.md

2.8 KiB

जसले पनि कुनै पापीलाई उसको बरालिएको मार्गबाट फर्काएर ल्याउँछ ... ठूलो सङ्ख्यामा भएका पापहरू ढाक्छ

याकूबले भन्‍न खोजेको यो हो कि त्यस पापीलाई पश्‍चात्ताप गर्न र मुक्ति पाउनलाई मनाउनको लागि परमेश्‍वरले यस व्यक्तिको कामहरूलाई प्रयोग गर्नुहुनेछ । तर याकूबले यसरी भन्छन् कि मानौँ यो त्यो अर्को व्यक्ति हो जसले पापीको प्राणलाई मृत्युबाट बचायो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उसलाई मृत्युबाट बचाउनेछ र ठूलो सङ्ख्यामा भएका पापहरू ढाक्‍नेछ

यहाँ “मृत्यु”ले आत्मिक मृत्यु, परमेश्‍वरबाट अनन्तसम्‍मै अलग हुने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उसलाई आत्मिक मृत्युबाट बचाउनुहुनेछ, र परमेश्‍वरले त्यस पापीलाई उसका सबै पापहरूको लागि माफ गरिदिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

ठूलो सङ्ख्यामा भएका पापहरू ढाक्‍नेछ

सम्भावित अर्थहरू हुन् १) अनाज्ञाकारी भाइलाई फिर्ता ल्याउने व्यक्तिको पापहरू क्षमा हुनेछन् वा २) अनाज्ञाकारी भाइ, जब ऊ प्रभुतिर फर्कन्छ, उसका पापहरू क्षमा हुनेछन् । पापहरूको विषयमा यसरी बताइएको छ मानौँ ती वस्तुहरू हुन् जसलाई परमेश्‍वरले ढाक्‍न सक्‍नुहुन्छ ताकि उहाँले त्यो देख्‍न नसक्‍नुभएको होस्, ताकि उहाँले तिनीहरूलाई क्षमा गर्नुभएको होस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)