ne_tn/jas/05/15.md

1.9 KiB

विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ

विश्‍वासीहरूले बिरामी मानिसहरूको लागि प्रार्थना गरेको परमेश्‍वरले सुन्‍नुभएको र उहाँले ती मानिसहरूलाई निको पार्नुभएको कुराको विषयमा लेखकले यसरी बताउँछन् कि मानौँ प्रार्थनाहरू आफैँले मानिसहरूलाई निको पार्‍यो । वैकल्‍पिक अनुवादः “प्रभुले विश्‍वासको प्रार्थना सुन्‍नुहुनेछ र त्यस बिरामी मानिसलाई निको पार्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

विश्‍वासको प्रार्थना

“विश्‍वासीहरूद्वारा गरिएको प्रार्थना” वा “तिनीहरूले मागेको अनुसार परमेश्‍वरले दिनुहुनेछ भनेर विश्‍वास गर्दै मानिसहरूले गरेको प्रार्थना”

प्रभुले उसलाई उठाउनुहुनेछ

“प्रभुले उसलाई सद्दे बनाउनुहुनेछ” वा “प्रभुले उसलाई उसको सामान्य जीवनलाई पुनः सुरु गर्न सक्षम बनाउनुहुनेछ”