ne_tn/jas/05/04.md

2.4 KiB

जोड्ने कथनः

याकूबले धनी मानिसहरूलाई विलासिता र धनहरूमाथि भएको तिनीहरूको ध्यानको विषयमा चेतावनी दिनलाई निरन्तरता दिन्छन् ।

खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ-त्यो ज्याला जुन तिमीहरूका बालीको कटनी गरेकाहरूबाट तिमीहरूले रोकेको छौ

तिर्नु पर्ने पैसाको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै व्यक्ति हो जसले उसमाथि गरिएको अन्यायको कारण कराइरहेको छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले आफ्‍ना खेतहरूमा काम गर्न ल्याएका मानिसहरूलाई पैसा नतिरेको वास्तविकताले देखाउँछ कि तिमीहरूले गलत गरेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ

बाली काट्नेहरूको चित्कारहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरूलाई स्वर्गमा सुन्‍न सकिन्थ्यो । वैकल्‍पिक अनुवादः “सेनाहरूका परमप्रभुले बाली काट्नेहरूका चित्कार सुन्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सेनाहरूका परमप्रभुका कानमा

परमेश्‍वरको पनि मानिसको झैँ कान हुन्छ जस्तो गरेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)