ne_tn/jas/05/02.md

1.1 KiB

तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोशाकहरू किराले खाएका छन् ।

पार्थिव धन सधैँ रहिरहँदैन नता तिनीहरूको अनन्त महत्त्व हुन्छ । याकूबले यी घटनाहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती पहिला नै घटिसकेका थिए । वैकल्‍पिक अनुवादः “तिमीहरूका धनहरू सड्नेछन्, र तिमीहरूका पोशाकहरूलाई किराले खानेछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pastforfuture)

धनहरू ... पोशाकहरू

यी कुराहरूलाई धनी मानिसहरूका लागि मूल्यवान् रहेका थोकहरूको उदाहरणका रूपमा उल्लेख गरिएको छ ।