ne_tn/jas/04/09.md

1.6 KiB

दुःख मान, शोक गर, र विलाप गर

यी तीन शब्दहरूको समान अर्थ हुन्छ । परमेश्‍वरको आज्ञापालन नगरेकोमा साँच्चिकै क्षमाप्रार्थी हुनुपर्छ भनेर जोड दिनका लागि याकूबले तिनलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublet]] अनि [[rc:///ta/man/translate/figs-exclamations]])

तिमीहरूको हाँसो उदासीनतामा र तिमीहरूको आनन्द खिन्‍नतामा परिणत होस्

यो जोड दिनको लागि एउटै कुरालाई फरक तरिकाहरूमा भनेको कुरा हो । भाववाचक नामपद शब्दहरू “हाँसो”, “उदासीनता”, “आनन्द” र “खिन्‍नता”लाई क्रियापदहरू वा विशेषणहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हाँस्‍न छोड र उदास बन । आनन्दित हुन छोड र खिन्‍न बन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])